गजल- दुःख पर्दा मन्दिरमा
दुःख पर्दा मन्दिर मा सधैं रुन्छु म।
झारी झारी आँसु मेरो मन धुन्छु म।१।
थाहा छैन सुखि हुँदा ईश भुलाई।
मोज अनि मस्तिहरु किन चुन्छु म।२।
अन्धकार भुमरी मा उल्टो घुमेर।
भोग अनि विलासमा अगि हुन्छु म।३
सफलता शुन्य जस्तै कर्म फुटेझैं।
हार मात्र भए पछि धर्म गुन्छु म।४।
चाहन्छु म सधैं भरि तिम्रो समक्ष।
बनाउ है भगवान आत्मा छुन्छु म।५।
प्रकाशमणि खनाल
गोल्धाप ४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि