गजल-२३ मुटु मेरो पासोथापि किन कस्छ्यौ.....
मुटु मेरो पासोथापि किन कस्छ्यौ भन।
हृदय मा तिखो छुरा किन धस्छ्यौ भन।१।
चोखो माया जिन्दगीमा तिम्ले लत्याउदै।
पराया को घर किन तिमी पस्छ्यौ भन।२।
जथा भावि नघोच है तिखो वचन ले।
मन मेरो रुवाउदै कहाँ बस्छ्यौ भन।३।
ऐना हेरी हेरी कन आँखा झिम्काउँदै।
क्रिम अनि पाउडर किन घस्छ्यौ भन।४।
प्राण मेरो जिन्दगानी मणि लगे पछि।
तड्पाउँदै मुटु लाई किन डस्छ्यौ भन।५।
प्रकाशमणि खनाल
झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि