गजल५७ जवानीमा मन्दिरको....

जवानीमा मन्दिरको बाती बने म !
पुजा भ्याई सेलाउने पाती बने म !१!

चाँदनी को रुप भन्दै जुन बनाई !
निन्द्रा पुरा गर्ने तिम्रो राती बने म!२!

भंमराले छोडे जस्तै फुल बागमा !
रित्तिएको तन पान छाती बने म !३!

रस चुसी मोज  गर्ने भएँ बजार !
कुल बिना घरानाको जाती बने म!४!

मुटु भित्र सजाउदै माया दिएँ थें !
उन्को आज नजरमा घाती बने म!५!

प्रकाशमणि खनाल
गोलधाप-४ झापा

टिप्पणियाँ