गजल-सुतेको यो मनलाई...
सुतेको यो मन लाई जगाउदै छु म !
मुग्लान बाट चाडै घर आउदै छु म !१!
समानयो किनिसके हाटमेला गरि!
झोलाभित्र तिम्रो लागि लगाउदैछु म!२!
हामीहरु एकै साथ बिमानमा चढ्ने !
साथीकोयो झोला राख्न सगाउदैछु म!३!
रमाईलो गरौंला है दशैं तिहार मा !
मेला जाने सवारीत्यो मगाउदैछु म!४!
खुसियाली बटुलेर मात्र तिम्रो लागि !
दुःख पिडा आजै देखि भगाउदैछु म!५!
प्रकाशमणि खनाल
गोलधाप-४ झापा

टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि