गजल६७, मातृ भूमी ढुंगा जस्तै....
मातृ भूमी ढुंगा जस्तै सारो बनायौ !
समुन्द्रको पानी जस्तै खारो बनायौ!१
हिमालको पानी खाको दरो शरीर !
बिदेशीको पानी खाने धारो बनायौ!२
युवा शक्ति अन्त सारी आफैं रित्तेर !
प्रवाशमा औजारको पारो बनायौ !३
स्वदेशमा हुँदा तिम्ले बिना जागिर!
अवसर धपाउदै थारो बनायौ !४!
पसिनामा नुहाउदै ज्यान फालदै !
अधिनमा धनाढ्यको तारो बनायौ!५
@प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि