गजल-४५ मुटु भित्र इश्वर.....

मुटु भित्र इश्वर थ्यो जान्न सारो भो !
घरमानै मन्दिर थ्यो बुझ्न गाह्रो भो !१!

निरन्तर बढेको छ चाल्दै पाईला !
गन्तब्यनै आकाशको जुन तारो भो!२!

खोला पारी माया संग एतै भुलेर !
स्वदेशको मायालु नमिठो खारो भो!३!

रात दिन खटेको त्यो पैसा तलब !
भोग अनि बिलाशमा एतै चारो भो!४!

समाप्त हुन्छ जब करार अबधि !
नब्याएको गाई जस्तै यतै थारो भो!५!

प्रकाशमणि खनाल
गोल्धाप-४ झापा

टिप्पणियाँ