गजल६५, कहाँ गएकी थियौ तिमी......

कहाँ गएकी थियौ तिमी छोडेर आज !
बसें म एक्लै फुलबारी गोडेर आज !१!

कसरि हेर्नु अनुहार अँध्यारो भाको !
मन मुटु किन ढाटेको जोडेर आज !२!

खुशी बनेको जिन्दगानी मन रुलाई !
टाढा गयौ कि तिम्रो पाउ मोडेर आज!३!

तिम्रो वासना थ्यो फुलबारी गुलाबको!
किन सुकायौ मेरो मुटु फोडेर आज !४!

जिन्दगी मेरो खेलौनामा खोजेर तिमी!
खेली लड़ायौ जिन्दगानी तोडेर आज!५!

प्रकाशमणि खनाल
गोल्धाप-४ झापा

टिप्पणियाँ