गजल-३४ आमाबाको पाउ.....

आमाबाको पाउ मैले छुन पाईन आज।
बालबच्चा उनी सामु हुन पाईन आज।१।

बडा दशैँ भवानी को जमरा लगाएर।
मनको विकारलाई धुन पाईन आज।२।

समयको पाबन्दिछ मुग्लानि भएपछि।
पसिना को बदलामा गुन पाईन आज।३।

घर गाउँ रमाईलो मिठो दोहोरी माझ।
लिङ्गेपिङ्ग मैले मच्चाउन पाईन आज।४

प्रवासीका ब्यथाहरु सुनाउँदै आमाको।
काखमा दुःख बिसाई रुन पाईन आज।५।

प्रकाशमणि खनाल
गोल्धाप ४ झापा.

टिप्पणियाँ