गजल-३१ घरै बस रुखो सुखो....

घरै बस रुखो सुखो साथै खान्छु म।
जाने भए मुग्लान मा संगै जान्छु म।१।

दुःख गर्छु सगाउछु तिमीलाई सधैँ।
मेला पात, गरि गरि सबै धान्छु म।२।

स्वर्गघर बनाउँछु खुशियाली छरि।
परिवार भगवान ..सधैँ मान्छु म।३।

जस्तो जेछ रमाउछु चाहिँदैन केहि।
पुग्दैन यो संसार मा मन बान्छु म।४।

धन प्रति किन तिम्रो ,लोभ जागेको।
बिकारयो आत्मादेखि अब छान्छु म।५।

प्रकाशमणि खनाल
गोल्धाप ४ झापा

टिप्पणियाँ