गजल६९, नशामा छु आज.....
नशामाछु आज एक्लो छोडीदेउ मलाई !
उन्को मुटु संग दैव जोडी देउ मलाई !१!
गुलाबको फुल दिन्छु उनीलाई देउता !
म भित्र छ फुलबारी गोडीदेउ मलाई !२!
आफैं बस्छ माया दोष लगाउदै नभनी!
मुटुमा छ माया बरु फोडीदेउ मलाई !३!
जिन्दगानी सुम्पेको छु माया मात्र गरेर!
खुशी उनी छैन भने तोडीदेउ मलाई !४!
जिन्दगीमा उन्को साथ यात्रा भरि सगाइ!
मायालुको गोरेटोमा मोडिदेउ मलाई !५!
प्रकाशमणि खनाल
§मणि§
गोलधाप-४ झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि