गजल७१, मेरो जिन्दगी त मर्छ.....
मेरो जिन्दगी त मर्छ एकदिन !
सोच्दिन म तर हर्छ एकदिन !१
सुक्ष्म आत्मा मरेपछि यहि कतै!
जीव जीवन मा सर्छ एकदिन !२
दुख्ने घाउहरु चोट जति पनि !
नपोल्ने आगोमा पर्छ एकदिन!३
पाप धर्म भए जति यहि नेर !
सत्यको झोलीमा भर्छ एकदिन!४
धन सम्पतिमा आश गर्दा गर्दै !
मणिलाई नाश गर्छ एकदिन !५
प्रकाशमणि खनाल
गोलधाप-४ झापाले
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि