गजल६८, तिमीलाई विदेशमा....
तिमीलाई विदेशमा लाग्यो कुनै ठेस !
कुनै चिठ्ठी न खबर गयौ कुन देश !१!
पल पल पर्खाईमा हामीलाई माया !
नपठाको किन तिम्ले याँ कुनै संदेश!२!
जिन्दगानी तिमी संगै मिठो बोलेका ती!
याद आयो मैले तिम्रो सहलाको केश !३!
यात्रा भरि जिन्दगानी साथी नपाउदै !
जिन्दगी जिउदै छौ कि छैन कुनै शेष !४!
विदेशमा मग्न भई जथाभावी गरी !
मातृभूमि पहिरन बिर्सियौ कि भेष !५!
प्रकाशमणि खनाल
§मणि§
गोलधाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि