गजल-२०सुसेलेर तिमी आज बोलाउँछौ किन...
सुसेलेर तिमी आज बोलाउँछौ किन।
आए पछि लजाउदै टोलाउँछौ किन।१।
माया भए भनिदेउ मन खोलि तिमी।
हृदय मा व्यर्थै कुरा घोलाउँछौ किन।२।
मेरो माया प्रेमलाई तड्पाउदै आज।
सुकोमल मुटु लाई पोलाउँछौ किन।३।
दिल भित्र तिमीलाई राखेकोछु मेरो।
मायालाई तराजुमा तोलाउँछौ किन।४।
तिम्रो मन प्रकाश जो भेटे पछि तिमी।
लज्जावती झार जस्तै लोलाउँछौ किन।५।
प्रकाशमणि खनाल
गोलधाप— ४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि