गजल५६ तिम्रो मन खोजी हिड्ने ......

तिम्रो मन खोजि हिड्ने भोगी बने म !
धोका दियौ तिम्ले आज रोगी बने म !१!

तड्पाउदै जिन्दगानी तिम्ले त्यागेर !
पराया को भए पछी  योगी बने म !२!

पानीबाट माछा जस्तै तिम्ले निकाली!
फ्याँकिएको लाचार  वियोगी बने म !३!

धन थियौ जिन्दगी को यात्रा हरुमा !
तिम्ले साथ छोडे पछी जोगी बने म !४!

एक्लो हुँदा निस्तेज जो मान्छे हरुको!
दुःख सुख को साथी सयोगी बने म!५!

प्रकाशमणि खनाल
गोलधाप-४ झापा.

टिप्पणियाँ