गजल-२१ लेख्नु पर्छ नव रस...
लेख्नु पर्छ नव रस खोली साहित्यमा।
कलमले लेख्छ सधैं बोली साहित्यमा।१।
अथाह जो समुन्द्र यो जस्ले जानेकोछ।
मन्थन याँ सधैँ गर्छ घोली साहित्यमा।२।
श्रृंगार त्यो रस लाई तुच्छ मानि मानि।
किन गर्छौ ठुला कुरा पोली साहित्यमा।३।
अल्प ज्ञानी नमान भो अरु लाई आफैं।
नव रस भित्र खेल होली साहित्यमा।४।
मुन्डे मुन्डे मतिर्भिन्ना सोच अलग छ।
नहान भो कसैलाई गोली साहित्यमा।५।
प्रकाशमणि खनाल
गोल्धाप ४ झाप
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि