गजल-४८, रात दिन तिमी...
रात दिन तिमी छेउ बोलाई बस्छ्यौ !
किन अनि रिसाउदै टोलाई बस्छ्यौ !१!
मेरो माया बोलन हो आँखा खोलन !
किन माया तराजुमा तोलाई बस्छ्यौ !२!
उदास छ अँध्यारो अनुहार तिम्रो !
दुःख दर्द गुम्स्याएर घोलाई बस्छ्यौ!३!
पर मलाई पन्साउदै आज तिमी !
आगो भित्र मनलाई पोलाई बस्छ्यौ!४!
जिन्दगानी रुवाऊदै आफ्नो भावना !
मन भित्र किन एक्लै खोलाई बस्छ्यौ!५!
प्रकाशमणि खनाल
गोलधाप -४ झापा

टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि