गजल७४, रुठेको त्यो मुस्कानमा....
रुठेको त्यो मुस्कानमा हाँसो मगाउन सक्छु !
तिम्रो दुःख भए जति सारा भगाउन सक्छु!१!
गारो सारो काम पर्दा साथी याद गर मैया !
अगी पछी हरदम सधैं सगाउन सक्छु !२!
हरेस नखाउ तिमी आज जिन्दगानी देखि!
रमाइलो बाँच्ने इच्छा म नै जगाउन सक्छु!३!
एक्लो छैनौं संसारमा मात्र बोलाउन आज !
दोबाटोमा खोल्सा खोल्सी बोकी नगाउन सक्छु!४!
चाँदनी हौ तिमी मेरी मन हृदयमा राखी !
हिरा मणि तिमीलाई हार लगाउन सक्छु !५!
@ प्रकाशमणि खनाल
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि