गजल-२५ नशा माझ खुन तिम्रो....

नशा माझ खुन तिम्रो संगै मेरो बगेकोछ।
तिमीलाई मन आफैं टाढा संगै लगेकोछ।१।

तिमी मेरो तन संगै छायाँ मैले लगाएर।
हिडेकोछु परदेशै मेरो द्यौता बनेको छ।२।

निदाएर पल केही देखेको थें तिमीलाइ।
मनै आज खुशियाली पूर्ण मेरो भएकोछ।३।

निराकार जब संगै घुम्छौ मायाँ बनी साथि।
सधैँ खास मुटु तिम्रो संगै मेरो रहेको छ।४।

तिमी हौ जुन भने उज्यालो प्रकाशमा आज।
ल लाग्दैन अब रात्री चीरा चीरा परेको छ।५।
छन्द छायाँ
ISS III SSS SSS ISS I

प्रकाशमणि खनाल
गोल्धाप— ४ झापा.

टिप्पणियाँ