गजल-३८ मुलुकको माटो.....

मुलुकको माटो पनि आफैं झर्ने गर्छ !
त्यसै मुनि पुरिएर मान्छे मर्नेगर्छ !१!

.बिजोग छ मान्छे हरु पुल नभएर !
डोरी टाँगी काम्रोबाट नदि तर्ने गर्छ!२!

>रंगमंच उभिएर देश बिकास मा !
गफाडीको गफ नेता व्यर्थै गर्ने गर्छ!३!

>जतिएता मुद्दा ल्याई देश भित्र भित्रै!
जानी जानी मान्छे याँ बसाइ सर्ने गर्छ!४!

.ख्याल गर नेताहरु हाम्रो समाज को!
पक्कै भोलि भाई भाई खुशी हर्ने गर्छ!५!

प्रकाशमणि खनाल
गोलधाप ४ झापा

टिप्पणियाँ