गजल-३९ मध्यराती मैले....

मध्यराती मैले साथी जुन पाएँ हजुर !
मुग्लान मा तड्पिएर सुन पाएँ हजुर !१!

मन मुटु जलाउदै बिहोसी बने पछी !
एकान्तमा रात्री संग रुन पाएँ हजुर !२!

सारेगम राग संगै संगीत उनि जस्तो!
बाँसुरी मा स्वयं उनि धुन पाएँ हजुर !३!

बल्ल बल्ल निदाउछु चौथो प्रहरमा !
उनीलाई सपना मा छुन पाएँ हजुर !४!

प्रवाशमा भए पनि यो मुटु संपर्कमा!
मनभित्र उन्को साथी हुन पाएँ हजुर!५!

प्रकाशमणि खनाल
गोलधाप -४ झापा

टिप्पणियाँ