गजल-४७ लुक्ला तिर जादै थियो सिता बिमान
जीवनमा अमुल्य त्यो सास बनायौ!
सास छिनी किन दैव लास बनायौ !१!
लुक्ला तिर जादै थियो सिता बिमान!
_ अनायासै दैव किन रास बनायौ !२!
बिहानमा अकस्मात यस्तो घटना !
जिन्दगानी तिम्ले किन नास बनायौ !३!
आनन्द थ्यो मातृभूमि गरि सहजै !
लगी तिम्ले स्वर्ग तिर वास बनायौ !४!
जीवआत्मा परमात्मा गरि सम्पर्क !
किन चाडै जीवलाई गाँस बनायौ !५!
प्रकाशमणि खनाल
गोलधाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि