गजल-३५ उन्ले पिडा हृदयमा....
उन्ले पिडा हृदयमा लगाएको याद छ।
घरि घरि मैले आँसु बगाएको याद छ।
झुटो प्रेम सधैं गरि लुकि लुकि उनिले।
रातभरी मेरो आँखा जगाएको याद छ।
दिएको सुख खुशी उनि लाई नपुगेर।
कसैबाट खुशीयाली मगाएको याद छ।
संग संगै जिउने मर्ने कसम त्यो तोडी।
आँखा छली अरुलाई सगाएको याद छ।
मेरो जात थापाएर निर्दयी बनी उनि।
अछुत भनि मलाई भगाएको याद छ।
प्रकाशमणि खनाल
गोल्धाप ४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि