गजल- एक्लोपन जिन्दगीमा उदास...

एक्लोपन जिन्दगीमा उदास जारी छ।
संगै मर्ने संगै बाँच्ने तलास जारी छ।१।

चाँदनी को चाँद लाई लागेछ बादल।
उडाउन जसो तसो बतास जारी छ।२।

स्वार्थी मान्छे कति गर्छ प्रहार मुटुमा।
घट्दै गयो आत्मबल हतास जारी छ।३।

मित्रता को कुरो छैन जता पनि आफैं।
आफैं ठूलो ठान्ने याँ बकवास जारी छ।४।

रोजगारी छैन यहाँ साहारा जिन्दगी।
काम बिना त्यतिकै अवकाश जारी छ।५।

प्रकाशमणि खनाल
गोल्धाप-४ झापा

टिप्पणियाँ