गजल५८ मुर्झाएको फुल.....
मुर्झाएको फुल जस्तै झर्न दिन्न भो !
माया गर्छु तिमी लाई मर्न दिन्न भो !१!
मृत्युलाई भगाउदै जिन्दगी तिम्रो !
डोर्याउछु किनारामा तर्न दिन्न भो !२!
बनाउछु बाँसुरी सुनाउछु धुन !
खुशी दिन्छु दुःख दर्द भर्न दिन्न भो!३!
साथ दिन्छु लौ तिमी केहि गर आज!
पशुको त्यो जुनी भित्र पर्न दिन्न भो !४!
सघाउछु दुःख पर्दा बनेर खुशी !
अमुल्य यो प्रण तिम्रो हर्न दिन्न भो !५!
प्रकाशमणि खनाल
गोल्धाप ४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि