गजल- खण्डहर भत्काउदै..
खण्डहर भत्काउदै शहर बनाउछु।
पाप जति मेटाउने जहर बनाउछु।१।
शब्दहरु स्वदेशको चयन गरीकन।
यो गजल बाँधीदिने बहर बनाउछु।२।
कर्मगर तिम्रो सबै अशुभ विकारयि।
कष्ट हरु मिल्काउने नहर बनाउछु।३।
जीवमन सच्चा सधैँ सबल बनाउन।
मानव म वेदान्तको लहर बनाउछु।४।
वायुसरि माथी सधैँ सलल तिमी उड।
दिव्य मणि तिम्रो सबै रहर बनाउछु।५।
छन्द शब्द
SII ISS ISI III SII
प्रकाशमणि खनाल
गोल्धाप ४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि