गजल २८ जब देखी मुटु छोडी...
जब देखी मुटु छोडी तन दुर भो।
पर देशी मन मेरो झन .झुर भो।१।
अघि बढ्ने किन ईच्छा झन पिरले।
मुनि खुट्टा धुल जस्तै नङ खुर भो।२।
म भएँ पारि सधैँ .सागर जलमै।
विषपानै नगरी झुठ कसुर भो।३।
पसिना झार्न सधैँ पुग्छु गगनमा।
अरुको जीवन चाहीं सुमधुर भो।४।
दश नङ्ग्रा खिउने छैन मुलुकको।
मजबुरी.. परको देश जरुर भो।५।
छन्द परदेशी
IIS SII SSI III S
प्रकाशमणि खनाल
गोल्धाप ४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि