गजल६३, घर उन्को कहाँ ...

घर उन्को कहाँ होला कसरी सोध्नु ठाम !
खुशियाली मनै झुम्यो केहोला उन्को नाम!१!

जुन उनि आकाश को मोहनी भन साथी !
कसरी दिउ  मन मेरो उनि लाई खाम !२!

उनि बिना बाच्दीन म इश्वर उन्को मन !
फकाउन  सघाउन  पुजेर जप्छु राम !३!

डर लाग्छ लाने हुन्कि मागेर उनीलाई !
देखेको छु बाटो बीच मर्ने हरुको लाम !४!

सारा खुशी बटुलेर जिन्दगानी सजाई !
हिरा मोति मणि दिन्छु उनीलाई दाम !५!

प्रकाशमणि खनाल
गोलधाप, झापा

टिप्पणियाँ