गजल७९, जवानीको रंग छरेर....

जवानीको रंग छरेर लग्यो मेरो मन!
थाहा छैन कैले हरेर लग्यो मेरो मन!१!

टोलाउछु कता बसेर एकान्तमा एक्लै!
आकासको जुन झरेर लग्यो मेरो मन!२!

राख्यौ मन कुन ठाउँमा तिम्रो अदाले!
हृदयको प्यास भरेर लग्यो मेरो मन !३!

बसेको छु मुटु दबाई याद गरि तिम्रो !
मुस्कुराई बोलि सरेर लग्यो मेरो मन !४!

छैनौ तिमी भेट्न पाइन बग्यौ हावासरि!
उडाउदै माया गरेर लग्यो मेरो मन !५!

@प्रकाशमणि खनाल
झापा

टिप्पणियाँ