गजल-सगरमाथा मेरो शिर..
सगरमाथा मेरो शिर झुकाउँदिन भो।
सत्यतथ्य कुरा जति लुकाउँदिन भो।१।
पाइला यो पुग्छ अब मेरो गन्तव्यमा।
थाके पनि चाल्छु सधैं रुकाउँदिन भो।२।
मानव हुँ दर्शनको ज्ञान लिन्छु अब।
अवसर जिन्दगीको चुकाउँदिन भो।३।
बाँधि राख्छु दसजति इन्द्रियको खेल।
लोभी मन राग द्वेष फुकाउँदिन भो।४।
ज्ञानपुंज प्रकाशको दियो जलाउँदै।
लगाउँछु तेल सधैं सुकाउँदिन भो।५।
प्रकाशमणि खनाल
गोल्धाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि