गजल ९१ शराबको नशा...
शराब को नशा लिएँ आज बिहोस छु।
जिन्दगानी मैले पिएँ आज बिहोस छु।१।
मेरो तन खोक्रो पारी खुशी रित्याउँदै।
धोका साटो मन दिएँ आज बिहोस छु।२।
एकान्त मा एक्लै छु म ढलेको यहाँ ।
उनी संग व्यर्थै जिएँ आज बिहोस छु।३।
चिरा चिरा परेको छ मुटु च्यातिएर।
बल्लबल्ल आधा सिएँ आज बिहोस छु।४।
मणि मन खियाउने धोका दिए पछि।
बिना तेल सबै खिएँ आज बिहोस छु।५।
प्रकाशमणि खनाल
गोल्धाप -४ झापा.
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि