गजल८४, आकाशको तारा
भन मात्रै आकाशको तारा झार्न सक्छु!
जिताउदै तिमीलाई आफैं हार्न सक्छु !१!
खुसियाली तिम्रो निम्ति सारा बटुलेर !
झोली भित्र मेरो मुटु आज पार्न सक्छु!२!
अनौठो छ यात्रा पनि नदि हुत्तिएको!
पानी माथी पुल बनि सधैं तार्न सक्छु!३!
उज्यालो छ अनुहार चांद फिका जस्तो!
नपत्याए सारा जुन एतै सार्न सक्छु !४!
नशा भित्र बगेकी छौ खुन संगै तिमी!
देखाउदै मेरो "मणि"मुटु फार्न सक्छु!५!
प्रकाशमणि खनाल
गोलधाप-४ झापा'
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि