गजल-नलैजाउ घाट
नलैजाउ घाट मेरो शास चल्दैछ।
बनि तिम्रो हृदयमा आश चल्दैछ।१।
मरेको छ ? हेर बरु मेरो जिन्दगी।
मलामी ले चलाउँदा लाश चल्दैछ।२।
रमाउँदै धड्किएको मुटु मान्छेको।
भन्दा मेरो स्थिरमुटु खास चल्दैछ।३।
जताततै झुलेको छ अन्न बारिमा।
हेर अझै मैले खाको गाँस चल्दैछ।४।
घोचि घोचि जलाए को मेरो शरीर।
त्यहि ठाउँ उम्रिएको घाँस चल्दैछ।५।
copyright@
प्रकाशमणि खनाल
गोल्धाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि