गजल८३, बाँच्ने इच्छा हुँदा हुँदै....
बाँच्ने इच्छा हुँदा हुँदै हामी मर्न सक्छौं!
अनायासै चितामाथी आफैं पर्न सक्छौं!१!
पल हुँदै जिन्दगानी गरौं उपयोग !
गरीबको झुपडीमा सेवा गर्न सक्छौं! २!
भोकानांगा अपाङ्गछ आफ्नै स्वदेशमा!
खुशियाली सुख दिदैं दुःख हर्न सक्छौं!३!
शहर मा बसे लाग्छ सबै सुखै सुख !
जान्नलाई गाउँबस्ति तिर सर्न सक्छौं!४!
संग संगै कुरा गरी मन लगाउदै !
दुःखसुख गरीबमा माया छर्न सक्छौं!५!
प्रकाशमणि खनाल
गोलधाप -४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि