गजल-४२ मुटु भित्र तिखो छुरा......

मुटु भित्र तिखो छुरा धसाएर तिम्ले !
केनै पायौ माया लाई फसाएर तिम्ले !१!

सिउँदो यो सजाउछु जन्ती बोलाउदै!
लाने भन्यौ डोलीभित्र पसाएर तिम्ले!२!

मेरै मात्र किन गर्यौ जता ततै कुरा !
गाउँ बस्ति शहरमा हसाएर तिम्ले !३!

सारा खुशी दिन्छु भन्दै माया लगाएर!
धोका दियौ छाँगा बाट खसाएर तिम्ले!४!

जिन्दगानी एक्लो पारि जंगलमा मेरो!
मणि लग्यौ नागलाई डसाएर तिम्ले !५!

प्रकाशमणि खनाल
गोलधाप-४ झापा

टिप्पणियाँ