गजल५४ आत्म बल छैन....
आत्म बल छैन तिम्रो..टुट्ने किन हो !
मान्छे तिमी आफैंलाई कुट्ने किन हो!१!
संबिधान....नदिएर ..देश बिगारी !
आपसमा घरि घरि फुट्ने किन हो !२!
उज्यालोको ज्योति देउ अन्धकारमा!
धमिलो पानी बनाई लुट्ने किन हो !३!
युवाहरु ..भेला गरी ..बाटो .. भरेर !
जन्तालाई दुःख दिन जुट्ने किन हो!४!
अपराध जता ततै न्याय पालिका !
जिम्बेबारीबाट तिमी छुट्ने किन हो!५!
प्रकाशमणि खनाल
गोलधाप-४ झापा,
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि