गजल - आमा मिठो ...

आमा मिठो सुमधुर रातमा सुतायौ।
माया दिदैं तन मन साथमा सुतायौ।१।

रोएँ भने तन दुध पान त्यो गराई।
खाँदा सधैं घुटुघुटु काखमा सुतायौ।२।

सम्झाउदै घरि घरि बातले फकाई।
खेलाउदै जब जब हातमा सुतायौ।३।

सानो छँदा तन भरि तेलले घसेरै।
जाडो हुँदा गुटुमुटु गोदमा सुतायौ।४।

प्रकाशमणि खनाल
झापा.

टिप्पणियाँ