गजल५५ संगीतको धुन.....

संगीतको धुन पाएँ रागमा तिमीलाई !
सुनाउछु मिठो गीत वागमा तिमीलाई!१!

बनपाखा शान्त लाग्छ जंगल हरियाली!
जता ततै मैले भेट्छु रातमा तिमीलाई !२!

सहन्छु म तिम्रो पिडा मनमा सजाउदै !
खुशियाली दिन्छु सबै भागमा तिमीलाई!३!

बलेको त्यो धपक्कै छ रोसनी हजुरको!
देखें ज्योति अनुहार चाँदमा तिमीलाई !४!

आफ्नै जस्तो लाग्छझन अचेल देखेपछी!
उज्यालो त्यो मणि पाएँ नागमा तिमीलाई!५!

प्रकाशमणि खनाल
गोलधाप-४ झापा

टिप्पणियाँ