गजल-३६ बर्षौं पछी घर आउदा....
बर्षौं पछी घर आउदा राम्रो गरेनौ !
खुशियाली सबै पाउदा राम्रो गरेनौ!१!
गजल को बहर मा सरगम गीत !
मनको धुन सुनाउदा राम्रो गरेनौ !२!
असजिलो बाटोहरु काँडा पन्साउदै!
मन्दिर मन बनाउदा राम्रो गरेनौ !३!
पछुताउने छौ तिमी घर छोडे पछी!
एक्लै बस्नु माया लाउदा राम्रो गरेनौ!४!
प्रवास मा गए पछी याद गरि गरि !
नलेख्नु पत्र बोलाउदा राम्रो गरेनौ !५!
प्रकाशमणि खनाल
गोलधाप -४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि