गजल८९ आँगनमा जिन्दगानी...
आँगनमा जिन्दगानी ल्याउँदा।
खुशी आयो संगै तिमी आउँदा।१।
फूलेको छ फूलवारी गुराँस।
जिन्दगानी तिमीले सजाउँदा।२।
परेको छ वर्षा यहाँ झुमेर।
मिठो धुन जब तिमी गाउँदा।३।
खुशी लाग्छ शितलता दिएरै।
चर्को घाम शिरको हटाउँदा।४।
जिन्दगानी भयो मणि चाँदनी।
स्वर्ग घर तिमी ले बनाउँदा ।५।
प्रकाशमणि खनाल
गोल्धाप-४ झापा।
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि