गजल८७, जोडिए को मुटुहरु...

जोडिए को मुटुहरु फाट्छन् अचेल।
लुगा जस्तै मनपरी साट्छन् अचेल।१।

लुट्न सम्म लुटे पछि खोक्रो पारेर।
नदेखेझैं गरी बाटो काट्छन् अचेल।२।

भेट हुँदा कुराकानी बिहे सम्बन्ध।
वर्षै पिछे परसारि ढाँट्छन् अचेल।३।

माया छोडी गएपछि बनि बिहोसी।
मर्न भन्दै डोरीहरु बाट्छन् अचेल।४।

कर्कलामा अडिएको जल जिन्दगी।
नजानेर सुन्दरता चाट्छन् अचेल।५।

प्रकाशमणि खनाल
गोल्धाप -४ झापा

टिप्पणियाँ