गजल-८५तिमी नारी अब उठ.....

तिमी नारी अब उठ चुप नलाग।
संसारका नारी जुट चुप नलाग।१।

दामिनीलाई मृत्यु दिने सबै दलाल।
ती राक्षस सबै भुट चुप नलाग।२।

बलत्कारी पिडा दिने सबै  दुष्टको।
मुटु झिकी हावा फुक चुप नलाग।३।

कानुनमा ल्याई देउ फेर बदल।
राक्षसको निति कुट चुप नलाग।४। 

प्रकाशमणि खनाल
झापा

टिप्पणियाँ