गजल-४३ झुपडी यो चुईने छ....
झुपडी यो चुईने छ वास नमाग !
झुत्राझाम्टा माग बरु गाँस नमाग!१!
खहरे ले हुत्याए को झुप्रो बगाई !
लुकाएको मान्छेलाई लास नमाग!२!
कुनै दिन यो देशले कोल्टे फेर्छ कि!
विश्वास छ मन भित्र आश नमाग !३!
नेपाली हु गौरब छ शिर शिखर !
गुलामको कैदी हैन दास नमाग!४!
बल्लबल्ल चम्किदैछ दिब्य प्रकाश!
युवा शक्ति मानिस को रास नमाग!५!
प्रकाशमणि खनाल
गोलधाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि