गजल७७, धित नमरुन्जेल.....
धित न मरुन्जेल म हेर्छु मजाले !
नसरन तिमीलाई बेर्छु मजाले!१!
पाखे रैछ भन्छौ भने इत्र लगाई !
लुगाफाटो नयाँल्याई फेर्छु मजाले!२!
बल्ल बल्ल भेटेको छु दुःख गरेर !
सजाउदै फुलबारी घेर्छु मजाले!३!
जतापनि लान सक्छौ तिम्रो मर्जीमा!
भन मात्रै अगी सरि टेर्छु मजाले !४!
जुन पनि फिका लाग्छ तिम्रो अगाडी!
त्यस्तै तिम्रो रुप आज केर्छु मजाले !५!
@प्रकाशमणि खनाल
गोल्धाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि