गजल-४०भावनाले पल पल....
भावना ले पल पल मन छुन्छ साथी !
छैन दशैं मुग्लानमा मन रुन्छ साथी !१!
घर जाने प्रतिक्षा मा रात दिन गनी !
मन्मा भेट्ने इच्छा सपना बुन्छ साथी!२!
गाउँ घर आफन्तले बोल्ने आवाज त्यो!
घरि घरि एकान्तमा मन्ले सुन्छ साथी!३!
पसिना यो बगाउदै दुःख झेली आज !
मनै बाट भैलो गीत एतै गुन्छ साथी !४!
>एक्लै बस्छु बिताउछु दिन रात मेरो !
सम्झनामा आँखाबाट आँसु चुन्छ साथी!५!
प्रकाशमणि खनाल
गोलधाप- ४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि