गजल७३, केश बाड्दा तेल संगै....

केश बाड्दा तेल संगै मिलाए पनि हुन्थ्यो !
अधरको प्यासी नशा पिलाए पनि हुन्थ्यो!१!

पाउजु को खन खन आवाज सुनाउदै !
घरि घरि चुरा जस्तै हिलाए पनि हुन्थ्यो!२!

कता जानु एक्लो यात्री फाटेको मन बोकी!
हाल सोधी कसैले त सिलाए पनि हुन्थ्यो !३!

असक्त म भुइमा छु निस्क्रिय हात गोडा !
तिमी बिना भोकोछुम खिलाए पनि हुन्थ्यो!४!

हिरा मोति मणि मा नै भुलेर आज तिमी !
बिर्सेको मलाई भने आफैं बिलाए हुन्थ्यो!५!

प्रकाशमणि खनाल
गोलधाप -४ झापा

टिप्पणियाँ