गजल६२ प्यासी बनि ढलेको छु.....
प्यासी बनि ढलेको छु जल नमाग !
जवानीमा निस्तेज छु बल. नमाग !१!
खेति गर्छु खेत बिना काम खोजदै!
बनेको छु सुकुम्बासी थल नमाग !२!
टहरामा केहि छैन भोक लागेर !
पसेको छ पेट भित्र फल नमाग !३!
समयको पाबन्दी छ मेरो जीवन!
डुली हिड्ने फुर्सत् छैन पल नमाग!४!
रुखो सुखो खाद बिना ईश कृपाले!
उब्जाउछु अन्न बाली मल नमाग!५!
प्रकाशमणि खनाल
गोलधाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि