गजल५९तिमीले मलाई.....

तिमीले मलाई नपाएर झर्की बस्ने छौ !
रातभरी ननिदाई कोल्टे फर्की बस्ने छौ !१!

म एति टाढा जान्छुकि माया भुल्न नसकी!
जिन्दगी भरी तिमी मलाई पर्खी बस्ने छौ !२!

धेरै भएँ आज म तिम्रो अब छोडे पछी !
खोजेर मलाई अश्रुधारा छर्की बस्ने छौ !३!

मेरो जिन्दगी बस एक्लै सानो रिस ले !
खाना खाँदानि यादले पानी सर्की बस्ने छौ!४!

जाउ तिमी मेरो मणि मुटु संगै बोकेर !
बस्छु म घर तिमी रिसाउदै तर्की बस्ने छौ!५!

@प्रकाशमणि खनाल
गोलधाप-४ झापा

टिप्पणियाँ