गजल५३ थोपा झर्थ्यो.....

थोपा झर्थ्यो पसिनाको रातमा मेरो !
ठेला हरु छामी हेर ....हातमा मेरो !१!

माया गर अब जान्न विदेश फेरी !
कुरा गर मिठा मिठा बातमा मेरो !२!

आउ बस नजिकमा साथमा आज!
पानी पट्टि गरन हो ..घातमा मेरो !३!

छुवा छुत केहि हैन ..गरन माया !
हुन्छ यहाँ संगै बस्नु जातमा मेरो!४!

एकान्तमा बिताउन जिन्दगी हाम्रो!
बनाउ घर.....जंगल पातमा मेरो !५!

प्रकाशमणि खनाल
गोलधाप-४ झापा,

टिप्पणियाँ