गजल-२४ नदेऊ अन्त मन नखोज...

नदेऊ अन्त मन नखोज तिमी।
मलाई छोडि अरु नरोज तिमी।१।

सहारा दिन्छु अब म आउ यहाँ।
नखाऊ जीवन सकि भोज तिमी।२।

जवानी राख अबत सोच मिठो।
भुलाई आफु नगर मोज तिमी।३।

तिमीले जान गगन तेज सधैँ।
बनेको हेर्छु म बल ओज तिमी।४।
छन्द मस्ति
ISS SII IIS IIS

प्रकाशमणि खनाल
गोल्धाप-४ झापा.

टिप्पणियाँ