गजल- ३७ आज मेरो हृदय......
आज मेरो हृदय नै झनै रुवायो !
दशैं पर्व नजिकिदा मनै रुवायो !१!
महा दशैं चाड माझ भेला नहुदा!
यस्तो लाग्छ खडेरीले बनै रुवायो!२!
आमा बुबा परिवार टाढा भएर !
नपाउदा साथमा जीवनै रुवायो!३!
इष्ट मित्र गाउँ घर भेला भएको !
हेर्नलाई पर्खेका नयनै रुवायो !४!
आशिर्बाद टिकालाइ मन रहर!
सम्झाएर बादल गगनै रुवायो !५!
प्रकाशमणि खनाल
गोलधाप-४ झापा
टिप्पणियाँ
एक टिप्पणी भेजें
प्रतिक्रियाको लागि